Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

शिक्षक संगठन गोरखा नगर कमिटीद्वारा दशैंको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न


2.2K
Shares

शिक्षक संगठन गोरखा नगर कमिटीद्वारा दशैंको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

गोरखा, १० असोज । एकीकृत अखिल नेपाल शिक्षक संगठन गोरखा नगर कमिटीद्वारा बिजयदशमीको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । आज बिजयदशमी शुभरम्भको पहिलो दिन घटस्थापनाको सुअवसर पारेर संगठन गोरखा नगर कमिटीले चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका पूर्व कृषि मन्त्री लेखबहादुर थापाको प्रमख आतिथ्यतामा जिल्ला पार्टी कार्यालय पाटेचौरमा भएको कार्यक्रममा गोरखा नगरपालिका भित्रका शिक्षक संगठनका प्रमुख एंबम प्रतिनिधीहरुको सहभागितामा रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै केन्द्रीय सदस्य थापाले सामाजिक पर्वलाई तडक भडक र अनाबश्यक खर्च नगरीकन सभ्य ढंगबाट मनाउन सबैलाई अपिल गर्नुभयो । उहाँले अब संसदीय र प्रदेश निर्वाचनमा पार्टीको पक्षमा बढी भन्दा बढी जनमत बटुल्ने गरी लाग्न पनि शिक्षक संगठनलाई निर्देशन दिनुभयो।

कार्यक्रममा शिक्षक संगठनका केन्द्रीय सदस्य बाबुराम बिक, गोपालबाबु मरहठ्ठा, पार्टीको गण्डकी प्रदेश सदस्य दिलबहादुर सेन्चुरी र अकुर तिमल्सिना(आयाम) लगाएतले मन्त्वय ब्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology