Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

अब अल्लु अर्जुनकी छोरी पनि ठूलो पर्दामा देखिने


2.5K
Shares

अब अल्लु अर्जुनकी छोरी पनि ठूलो पर्दामा देखिने

एजेन्सी, ९ असोज । पुष्पा फिल्मबाट तहल्का मच्चाएका अभिनेता अल्लु अर्जुनकी छोरी पनि अब ठूलो पर्दामा देखिने भएकी छिन्।

आगामी नोभेम्बर ४ मा रिलिज हुने शाकुन्तलम् सिनेमाबाट अल्लु अर्जुनकी पाँच वर्षीया छोरी अल्लु अरहाले ठूलो पर्दामा डेब्यू गर्ने भएकी हुन्।

तेलुगुमा यस वर्षको सबैभन्दा ठूलो फिल्म मानिने शाकुन्तलम् हिन्दी, तमिल, मलयालम र कन्नड भाषामा पनि आउनेछ।फिल्ममा अल्लु अरहालाई राजा दुष्यन्त र शकुन्तलाका छोरा राजकुमार भरतको भूमिकामा देखिने छ।

यसै महिनाको ३० तारिखमा मणिरत्नमको ‘पोन्नियीन सेल्वन’ रिलिज भएपछि निर्देशक गुणशेखरको फिल्म ‘शाकुन्तलम्’ नोभेम्बर ४ मा रिलिज हुँदैछ। चलचित्र पुष्पामा आइटम डान्सबाट चर्चा कमाएकी सामन्था रूथ प्रभुलाई शकुन्तलाको भूमिकामा देखिनेछ।

संस्कृतका महाकवि कालिदासद्वारा लिखित नाटक ‘शकुन्तला’ लाई पर्दामा उतार्न लागिएको हो। फिल्ममा मलयालम स्टार देव मोहनले पुरू वंशका राजा दुष्यन्तको भूमिका निभाएका छन्। यो उनको पहिलो तेलुगु फिल्म हो।

फिल्ममा मोहन बाबु, गौतमी र अदिती बालनलगायतको अभिनय रहेको छ। शाकुन्तलममा भिएफएक्सको उत्कृष्ट प्रयोग गरिएको छ। यसको पोस्ट प्रोडक्सन करिब दस महिना लागेको निर्माण पक्षले जानकारी दिएको छ।

यसैबीच शुक्रबार फिल्मको मोसन पोस्टर सार्वजनिक गरिएको छ। दुष्यन्त र शकुन्तलाको यो प्रेमकथा महाभारतमा पनि पाइन्छ।

यो प्रेमकथा ऋषि कश्यपको आश्रमबाट सुरू हुन्छ। पौराणिक कश्यप ऋषिको भूमिलाई आज कश्मीर भनिन्छ। निर्देशक गुणशेखरले दुष्यन्त-शकुन्तलाको प्रेमकथालाई कश्मीरमा भव्य शैलीमा देखाएका छन्। साभार /सेतोपाटी

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology