Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

सशस्त्र प्रहरी बलले खुलायो इन्सपेक्टरमा ७१ र असईमा ८३ जनाका लागि जागिर


1.3K
Shares

सशस्त्र प्रहरी बलले खुलायो इन्सपेक्टरमा ७१ र असईमा ८३ जनाका लागि जागिर

काठमाडौं, ७ असोज। सशस्त्र प्रहरी बलले अधिकृत तहमा भर्ना खुलाएको छ ।

७९ जना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र ८३ जना सशस्त्र प्रहरी सहायक निरीक्षकमा भर्ना खुलाएको हो ।

७९ निरीक्षक मध्ये ७१ जना साधारण उपसमूह र ८ जना कानुन उपसमूहका लागि भर्ना खुला गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

इच्छुक व्यक्तिले कात्तिक ६ गतेसम्म आवदेन दिनसक्नेछन् । उक्त अवधिभित्र तोकिएका कार्यालयमा आवेदन दिन सकिनेछ ।

निरीक्षकमा फाराम भरेकाहरुले मंसिर १५ गते प्रधान कार्यालय हलचोक र सहायक निरीक्षकमा फाराम भरेकाहरुले पनि सोही दिन फाराम भरेकै ठाउँमा सम्पर्क गर्नु पर्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology