Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण सफल : नयाँ मृगौलाले काम गरेसंगै अप्रेसन थिएटरबाट आईसीयुमा सारियो


1.9K
Shares

प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण सफल : नयाँ मृगौलाले काम गरेसंगै अप्रेसन थिएटरबाट आईसीयुमा सारियो

काठमाण्डौं- प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मृगौला प्रत्यारोपण सफल भएको छ । त्रिभुवन बिश्वबिधालय शिक्षण अस्पताल महाराजगन्जमा करिव ५ घण्टा लगाएर प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण गरिएको हो । नयाँ राखिएको मृगौलाले काम गर्न थालेपछि प्रधानमन्त्री ओलीलाई अहिले अप्रेसन थिएटरबाट आइसियुमा सारिएको छ ।

त्यस्तै प्रधानमन्त्री ओलीलाई मृगौला दिनुहुने उहाँकी भान्जी  समीक्षा संग्रौलालाई पनि पोस्ट अपको आईसीयुमा सारिएको छ। बिहान १० बजेदेखि सुरु भएको शल्यक्रिया दिउँसो तीन बजेसम्म चलेको थियो। त्यसक्रममा समीक्षाले दिएको मिर्गौलालाई चिकित्सकहरुले सफलतापूर्वक प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गर्न सफल भएका हुन्।

अहिले दुवैजनालाई अप्रेशन थिएटरबाट निकालेर पोस्ट अपको आईसीयुमा सारिएको हो। अब प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज नहुन्जेल यहीँ राखिनेछ । प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्रीको पिसाबको प्रक्रिया सामान्य रुपमा सञ्चालन भएको थियो।

वरिष्ठ मुटुरोग विशेषज्ञ तथा प्रधानमन्त्रीका निजी चिकित्सक डा अरुण सायमीका अनुसार अहिले दुवैजनाको अवस्थामा खतरामुक्त छ। प्रधानमन्त्री ओलीको होस आउन अझै डेढ घण्टाजति लाग्नसक्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology