Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखा सदरमुकामको आर्युबेदिक चोकमा माइक्रो र ट्याक्टर ठोक्किएर दुर्घटना


7.6K
Shares

गोरखा सदरमुकामको आर्युबेदिक चोकमा माइक्रो र ट्याक्टर ठोक्किएर दुर्घटना

गोरखा २१, फागुन – गोरखा सदरमुकाम स्थित आर्युवेदिक चोकमा माईक्रो बस र ट्याक्टर एक आपसमा ठोक्एिर दुर्घटना भएको छ । सदरमुकामबाट काठमाण्डौका लागि छुटेको बा ५ ख ९४० नम्बरको माइक्रोबस बिपरित साइडमा रोकि राखेको लु ४ त ५१८ नम्बरको ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुकबहादुर बि.कले जानकारी दिनुभयो ।

आर्युवेदिक चोक नजिकै ओरालोमा माइक्रोबस आफ्नो साईड छोडेरे बिपरित साईड तर्फ सडक छेउमा रोकि राखेको ट्याक्टरमा ठेक्किन पुगेको थियो । ट्याक्टरको ढालामा गएर माईक्रोबस ठोक्एिकाले ठूलो क्षति हुनबाट भने जोगिएको छ । दुर्घटनामा परि माईक्रबसका चालक घाइते भएका छन् ।

 

चालकले हरमटारी चोकदेखि नै आफुलाई सन्चो नभएको भन्दै टाउको पानी हाल्दै आएको माइक्रोबसमा सवार एक यात्रुले बताएका छन् ।
दुर्घटनापछि चालकले आफुले केही नदेखेको र कसरी दुर्घटना भयो भन्ने बारेमा थाहा नपाएको बताएका छन् । माईक्रो चालकले मादक पर्दाथ सेवन गरेका कारण दुर्घटना भएको हुनसक्ने यात्रुहरुले बताएका छन् । दुर्घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology