Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

जिप दुर्घटना हुँदा ४ जना घाइते


1.1K
Shares

जिप दुर्घटना हुँदा ४ जना घाइते

काठमाडौं, २ असोज । दार्चुलामा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।

घाइते चार जनामध्ये जिप चालक धनबहादुर धामीको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

नौगाड गाउँपालिका वडा नम्बर ४ होपरीमा आइतबार बिहान से १ ज १०७८ नम्बरको जिप दुर्घटना दुर्घटना भएको थियो।

दुर्घटनामा चालक धामीसहित २८ वर्षीय कमलेश टमटा, १९ वर्षीय सुरे ठगुन्ना र २८ वर्षीय धनवीर टमटा घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology