Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या २२ पुग्यो, ११ घाइते (मृतकको नामावली सहित)


2.6K
Shares

पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या २२ पुग्यो, ११ घाइते (मृतकको नामावली सहित)

काठमाण्डौ, १ असोज ।अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका–६ बस्ने दुई वर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका– ५ बस्ने १७ वर्षका जानकी शाही, सोही गाउँपालिकाका १७ वर्षका बिमला शाही, ४५ वर्षका नेत्र शाही, ३६ वर्षका मनिषा शाही, १७ बर्षका कल्पना शाही रहेका छन् ।

यस्तै १३ वर्षका सुन्दर शाही, एक वर्ष मेनिका शाही, तीन वर्षका कल्पना शाही, २१ वर्षका भावना शाही र कमल बजार नगरपालिका–६ बस्ने ३० वर्षका अमृता कामीको पनि मृत्यु भएको छ । यस्तै १७ वर्षका समिता कामी, २१ वर्षका अर्धना कामी, ९ वर्षका निखिल कामी, ३६ वर्षका मैनकला कामी, १५ वर्षका गिता कामी तथा १२ वर्षका सिरु कामी रहेको प्रहरीले बताएको छ ।

यस्तै, कमलबजार नगरपालिका–८ ढुङ्गला बस्ने २६ वर्षका गम्भीर दमाई, २३ वर्षका भाना दमाई, ६ बर्षका डिग्रा दमाई, तीन वर्षका कलु दमाई, चार वर्षका कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । पहिरोमा परेर ११ जना घाइते छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology