Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

असोज ३ गते लोसपाले कालो दिनको रुपमा मनाउने


1.2K
Shares

असोज ३ गते लोसपाले कालो दिनको रुपमा मनाउने

काठमाडौं, ३१ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले असोज ३ गते (संविधान दिवस) कालो दिनको रुपमा मनाउने निर्णय गरेको छ । आज बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको कार्यकारिणी सदस्य अकवाल अहमदले जानकारी दिनुभयो ।

असोज ३ गते अधुरो संविधान बनाइएको र संशोधनका लागि पटक पटक आग्रह गर्दा पनि हुन नसकेको भन्दै लोसपाले त्यो दिनलाई कालो दिवसको रुपमा मनाउने निर्णय गरेको हो ।

त्यस्तै बैठकले असोज ४ गतेभित्र राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरे असोज ५ गतेदेखि आन्दोलनमा जाने निर्णय समेत गरेको छ । यस्तै बैठकले समानुपातिक सूची बनाउने जिम्मेवारी लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको छ । उक्त पार्टीमा प्रदेशबाट समानुपातिकका नाम सिफारिस भइसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology