Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

अनेरास्ववियु (क्रान्तिकारी) गोरखाले संविधान दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता गर्ने


8.4K
Shares

अनेरास्ववियु (क्रान्तिकारी) गोरखाले संविधान दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता गर्ने

गोरखा, २९ भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी यूनियन (क्रान्तिकारी) गोरखाले संविधान दिवसको अवसरमा गोरखा नगरपालिका स्तरिय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।

अखिल क्रान्तिकारी जिल्ला समन्वय समितिको आयोजनामा असोज ३ गते संविधान दिवसको दिन गोरखा नगरपालिका माध्यमिक तह स्तरिय वक्तृत्वकला प्रतियोगिता गर्न लागेको हो ।

जनयुद्धकालमा माओवादीले गरेको त्याग, परित्याग, योगदान तथा बालिदानको स्मरण गराउन ‘वर्तमान संविधान निमार्णमा जनयुद्धको भूमिका’ विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको अनेरास्ववियु (क्रान्तिकारी) गोरखाका सचिव सुलभ अंगाईले जानकारी दिनुभयो ।

‘विद्यार्थीको नेतृत्व बिकास क्षमता अभिवृद्धि गराउन तथा जनयुद्धमा माओवादीले गरेका कामको स्मरण गराउन हामीले यो शिर्षकमा प्रतियोगिता आयोजना गर्न लागेका हौ’ उहाँले भन्नुभयो । यो प्रतियोगिताबाट वर्तमान संविधान निमार्णमा जनयुद्धको भूमिका र्छलङ हुने उहाँको बताउनुभयो ।

प्रतियोगिताका सान्तवना बिजेतासम्मलाई पुरस्कारसहित प्रमाण पत्र वितरण गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रथम पुरस्कार १५ हजार, द्धितिया पुरस्कार १२ हजार, तृतिय पुरस्कार १० हजार र सान्तवना पुरस्कार स्वरुप ८ हजार सहित प्रमाण प्रदान गरिने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology