Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखा २ बाट नै लड्छु, यो पटकको निर्वाचन नै मेरा लागी अब अन्तिम निर्वाचन हो : डा भट्टराई


2.6K
Shares

गोरखा २ बाट नै लड्छु, यो पटकको निर्वाचन नै मेरा लागी अब अन्तिम निर्वाचन हो : डा भट्टराई

काठमाण्डौं २६ भदौ ।  नेकपा माओवादी केन्द्रबाट बाहिरिएर नयाँ शक्ति पार्टी निर्माण गरेयता अहिले डा. बाबुराम भट्टराईलाई आरोप लाग्ने गरेको छ, ‘उहाँले आफूलाई मात्र केन्द्रमा राख्छन्, आफ्नोबाहेक अरुको विषयमा सोच्दैनन् ।’९ असोज २०७२ मा तत्कालीन नेकपा माओवादीलाई ‘रातो स्टिकर टाँसिएको घर’ घरको संज्ञा दिँदै बाहिरिएका डा. भट्टराईले ३० जेठ २०७३ मा नयाँ शक्ति नेपाल पार्टी घोषणा गर्नुभयो ।

नयाँ शक्ति घोषणा भएको १ वर्षभित्रै २०७४ सालको चुनाव आइहाल्यो । २०७४ को स्थानीय तहको चुनावमा नयाँ शक्तिले अपेक्षित जित निकाल्न नसकेपछि प्रदेश तथा संघको निर्वाचनमा आफूले चुनाव जित्न कांग्रेससँग तालमेल गर्नुभयो । उहाँलाई साथ दिने सहकर्मीहरुले पनि छोड्दै गए । नयाँ शक्तिको एजेण्डा जनतामाझ परीक्षण नै हुन नपाईं डा. भट्टराईले आफ्नो लागि कांग्रेसको वैशाखी टेकेर चुनाव लडेको आरोप लाग्यो ।

गोरखा–२ मा माओवादी केन्ऽका नेता नारायणकाजी श्रेष्ठलाई ६ हजार ८७४ मतान्तरले पराजित गर्दै भट्टराई विजयी भए । गण्डकी प्रदेशका गोरखाबाटै एक जना प्रदेश सभा सदस्य प्रत्यक्ष र एक जना समानुपातिक सांसद नयाँ शक्तिबाट बने तर अन्यत्र हार व्यहो¥यो । देशलाई समृद्धिको युगमा लैजाने घोषणा गरेको नयाँ शक्ति आफैं गोरखामा मात्र खुम्चियो ।

२०७६ वैशाख २३ गते डा। भट्टराईले नयाँ शक्ति र मधेसकेन्द्रित दल संघीय समाजवादी फोरमबीच पार्टी एकता भयो । पहिले उपेन्द्र यादव र पछि महन्थ ठाकुरसँग समेत एकता गर्दा बनेको जनता समाजवादी पार्टी पनि पालैपालै फुट्यो । पार्टी एकता गरेर एउटा चुनाव पनि जनतामाझ जान नसकेर डा. भट्टराईले फेरि नयाँ पार्टी नेपाल समाजवादी पार्टी खोलेका छन् र अबको चुनावमा माओवादीसँग मिलेर जाने निर्णय गरीसक्नु भएको छ ।

‘माओवादीबाट किन बाहिरिए, किन नयाँ शक्ति खोले, किन जनता समाजवादीसँग एकता भयो र फेरि किन उही माओवादीसँग मिल्ने हो ? कुनै पनि औचित्य पुष्टि हुन सकेको छैन,’ नेपाल समाजवादी पार्टीकै एक केन्द्रीय सदस्य भन्छन्, ‘डां. भट्टराई आफूलाई मात्र केन्द्रमा राखेर निर्णय गर्छन्, अरुको बारेमा सोच्दैनन् । कतै पार्टी बनाउन नसकेपछि अन्तिम पटक चुनाव जित्न माओवादीको शरणमै आइपुग्नुभयो ।’

यस पटक गोरखाबाट आफूले चुनाव जित्न माओवादीसँग मिलेको र अब वैकल्पिक पार्टीबाट थाकेपछि माओवादीसँग एकता नै गर्न खाजेको आरोप उनीमाथि छ । तर, डा. भट्टराई भने यो मान्न तयार हुनुहुन्न । पछिल्लो ५÷७ वर्षमा विभिन्न ढंगले आफूहरुले राजनीतिक प्रयोग गरेको भट्टराईको भनाइ छ ।‘यो ५/७ वर्ष हामीले विभिन्न ढंगका प्रयोग ग¥यौं । हिमाल, पहाड, तराई, मधेस जोड्नलाई मधेस केन्द्रित दलहरुसँग पनि हामीले एकता ग¥यौं । त्यसले पनि केही समय लियो । अहिले पनि प्रयोगकै क्रममा छौं,’ भट्टराईले भन्नुभयो,  ‘व्यक्ति आफूलाई केन्द्रमा राखेर मैले कहिले पनि सोंचिन ।’

एक पटक प्रधानमन्त्री र ३ पटक गोरखाबाट सांसद भइसकेकाले फेरि पनि सांसद बन्नकै लागि आफूले कार्यगत तथा पार्टी एकताको कुरा नगरेको भट्टराईको दाबी छ । उहाँको यतिसम्म दाबी छ कि, यो नै उहाँ लड्ने अन्तिम चुनाव हो ।‘देशलाई योगदान गरिसकेको मान्छे, देशको प्रधानमन्त्री भइसकेको मान्छे, फेरि पटक पटक प्रधानमन्त्री हुने, सांसद हुने मलाई रहर होइन,’ भट्टराईले भन्नुभयो, ‘के चाहिँ हो भने हाम्रो पुस्ताले संघीय लोकतान्त्रिक गणतन्त्रसम्म देशलाई पु¥यायो, अब योभन्दा अगाडि पु¥याउन पनि हामीले बाटो देखाएर जानुपर्छ भनेर मात्र लागि परेका छौं । मेरो निम्ति यो अन्तिम चुनाव हुन्छ ।’

२०७२ सालमा संविधान जारी भएपछि देशमा वैकल्पिक राजनीति तथा वैकल्पिक शक्तिको आवश्यकता छ भनेर सुरु गरेको अभियान विभिन्न चरण पार गर्दै नेपाल समाजवादी पार्टीसम्म आइपुगेको भट्टराईको भनाइ छ ।अब एमाले, कांग्रेसको विकल्पमा अर्को शक्ति निर्माण गर्न आवश्यक रहेकाले माओवादीसँग पार्टी एकता नै गर्न लागेको भट्टराईले बताउनुभयो । ‘नेपाल समाजवादीको मुख्य वैचारिक गुदी भनेको, पुँजीवाद र साम्यवादको विकल्पमा एउटा समाजवादी विचार भन्ने हो । समावेशी, संघीयता, सुशासन, समृद्धिलाई नै नेपाली अर्थको समाजवाद भनेर व्याख्या गरेका छौं । आगामी निर्वाचनमा यिनै विषयलाई लिएर जनताको माझमा जाँदै छौं,’ भट्टराईले भन्नुभयो।

माओवादी नेतृत्व अब रुपान्तरण हुनुपर्छ भनेर आफूले अर्कै प्रसंगमा रातो स्टिकर टाँसिएको घर भनेकोमा मिडियाले गलत व्याख्या गरेको भट्टराईको गुनासो थियो । तत्कालिन माओवादीले गरेको ‘जनयुद्ध’ महान भएको बताउँदै भट्टराईले संविधान जारी भइसकेपछिको राजनीतिक कोर्स फरक हुनुपर्छ भनेर बहस भएको बताउनुभयो । ‘जनयुद्धमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रसम्म नेपाललाई पु¥यायौं, त्यो एउटा महान क्रान्ति थियो, राजनीतिक हिसाबले एउटा ठूलो ढोका खोलेकै हौं । तर, अब आर्थिक सामाजिक रुपान्तरण गरेर राष्ट्रिय औद्योगिक पुँजीको आधार तयार गरेनौं भने हामीले परिकल्पना गरेको समाजवाद आउँदैन,’ भट्टराईले माओवादीबारे आफ्नो विचार राख्दै भन्नुभयो ।

उहाँले अघि भन्नुभयो, ‘समाजवाद भनेको औद्योगिक पुँजीवादको जगमा आउने हो । त्यसका निम्ति अब माओवादी पार्टीलाई रुपान्तरण गर्नुपर्छ, अग्रगामी प्रगतिशील, लोकतान्त्रिक समाजवादी पार्टीको रुपमा रुपान्तरण गरौं भन्ने आग्रह हो । त्यही क्रममा नै बहस छलफल भएको हो तर माओवादी आन्दोलनलाई न्यूनीकरण गर्ने कुरा कहिल्यै पनि गरेको छैन ।’

चुनावमा एउटै चिहृन लिएर सहकार्य गर्ने र त्यसपछि पार्टी एकता नै हुने भट्टराईको भनाइ छ । पार्टी एकताको प्रमुख कारण अब भट्टराईले कांग्रेस, एमालेको वैकल्पिक पार्टी बनाउने बताउनु भएको छ । देशकै वैकल्पिक राजनीतिक शक्तिको वकालत गर्दै आएका भट्टराईले अहिले देखा परेका युवाहरुको शक्ति र माओवादी, नेपाल समाजवादी मिलेर कांग्रेस, एमालेको वैकल्पिक शक्ति बनाउने बताउँछन् ।

‘कांग्रेस र एमाले पुरानै स्थापित शक्ति छन् । त्यसको विकल्पमा अर्को तेस्रो बलियो धार बन्न सकेको छैन । केही समयका लागि माओवादी पार्टी विकल्पका रुपमा आएको थियो,’ भट्टराईले भन्नुभयो , ‘तर, समयानुकुल त्यसलाई रुपान्तरण गर्न नसक्दा कमजोर बन्दै गयो र फेरि कांग्रेस, एमाले नै हाबी हुँदै गए । अब फेरि सबै शक्तिहरुलाई समेटेर नयाँ तेस्रो धार समाजवादी केन्द्र बनाउन सकिन्छ ।’ चुनावपछि बृहत धुव्रीकरण गर्ने आफूहरुको समझदारी भएको भट्टराईले बताउनुभयो ।

गोरखामा २०७४ सालको स्थानीय निर्वाचनमा २ पालिका प्रमुखमात्र जितेको माओवादीले यसपटक ९ वटा पालिकामा जित निकालेको छ । ९ वटा पालिका जितेको कांग्रेस २ मा खुम्चिएको छ । डा. भट्टराईको पार्टीले गोरखामा कतै पनि जित निकाल्न सकेन ।२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभ निर्वाचनमा कांग्रेससँग सहकार्य गरेका भट्टराईलाई यसपटक माओवादीसँग एकता गर्दा जित सहज छ । त्यसैले पनि भट्टराईले माओवादीसँग एकताको प्रयास थालेको नेताहरु बताउँछन् । तर, भट्टराईलाई गण्डकी प्रदेश सभामा आफ्नै पार्टीका आकांक्षी मिलाउन यसपटक हम्मेहम्मे पर्ने नेताहरुको भनाइ छ । साभारःअनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology