काठमाडौं, २४ भदौ। भारतलाई ३—१ ले हराउँदै नेपाल साफ यू—१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
श्रीलंकाको कोलम्बो स्थित रेस कोर्स ग्राउण्डमा शुक्रबार भएको खेलमा नेपाललाई जिताउन सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले गोल गर्नुभयो ।
खेलमा पहिलो गोल भने भारतले गरेको थियो । २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै नेपाललाई पछि पारेका थिए ।
खेलको ४५ औं मिनेटमा सरोजले तथा ४९ औं मिनेटमा उनेशले र ६८ औं मिनेटमा सुवासले गोल गर्दै नेपाललाई ३—१ को जित दिलाएको हो।
समूह बीमा खेलेका दुवै खेल जितेको नेपाल ६ अंकसहित समूह विजेता बनेर सेमिफाइनलम पुगेको छ । भारत भने ३ अंक जोडेर उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । यो समूहमा रहेको भूटान नेपाल र भारत दुवैसँग पराजित भएर बाहिरिएको छ ।