Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

दुबईमा मृत्यु भएका गोरखाका युवकको शव स्वदेश पठाउन रकम संकलन


4.1K
Shares

दुबईमा मृत्यु भएका गोरखाका युवकको शव स्वदेश पठाउन रकम संकलन

गोरखा, २४ भदौ । वैदेशिक रोजगारीको सिलसिलामा यूएई (दुबई)मा कार्यरत रहि मृत्यु भएका भिमसेन थापा गाउँपालिका वडा नम्बर ८ निबासी सीताराम गुरुङको शव स्वदेश पठाउन रकम संकलन गरिएको छ ।

गुरुङको शव स्वदेश फिर्ता पठाउनका लागी स्थानीय विष्णु नारायण श्रेष्ठको पहलमा वैदेशिक रोजगारमै कार्यरत बोर्लाङ बासी युवाहरुले बैनब्बे हजार आठ सय पच्चतर रुपैयाँ नगद सहयोग सङ्कलन गरी पठाएको वडा नं. ८ का वडाध्यक्ष विष्णु कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

‘दुबई मलेसियामा काम गर्ने हाम्रै गाँउका भाईहरुले रकम संकलन गरेर मेरो नाममा आइएमइ गर्दिनु भएको रहेछ ।’ उहाँले भन्नुभयो ‘पठाएको रकम बैकबाट निकालेर म सहितको टोलीले उहाँको आमालाई हस्तान्तरण गरेका हौ ।’ उक्त रकम आज गुरुङकी आमा मनमायालाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

गुरुङको उपचारका क्रममा यूएईको शारहजास्थित कुवेती अस्पतालमा मृत्यु भएको थियो । दुई सातादेखि अस्पतालको ईमेर्जेन्सी वार्डमा राखेर उपचार भइरहेका गुरुङको गत भदौ १ गते बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

विगत साढे २ वर्षदेखि रोजगारीको शिलशिलामा यूएईको शारहजास्थित नेष्टो कम्पनीमा काम गर्दै आउनु भएका गुरुङ डिउटी जाने क्रममा आकस्मिक ढलेपछि शारहजाको कुवेती अस्पताल लगिएको थियो । चिकित्सकका अनुसार उहाँको टाउकोमा रगत जमेको (ब्रेन हुम्ब्रेज) कारण उपचार कठिन भएको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology