Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

प्रधानमन्त्री देउवाद्धारा बेलायती प्रधानमन्त्री ट्रसलाई बधाई


3.2K
Shares

प्रधानमन्त्री देउवाद्धारा बेलायती प्रधानमन्त्री ट्रसलाई बधाई

काठमाडौँ, २१ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महिला प्रधानमन्त्री लिज ट्रसलाई बधाई दिनु भएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा प्रधामन्त्री देउवाले बेलायतको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा ट्रसलाई बधाई दिनु भएकाु हो । प्रधानमन्त्री देउवाले आफूले कन्जरभेटिभ पार्टीले बनाउने प्रधानमन्त्रीसँग दीर्घकालीन रुपमा सहकार्य गर्न तयार रहेको जानकारी दिनुभयो । नेपाल र बेलायतको सुमधुर सम्बन्ध दीर्घकालसम्‍म कायम राख्‍नको लागि बेलायत प्रधामन्त्री ट्रससँग सहकार्य गर्न तत्पर रहेको उहाँले बताउनु भयो ।

४७ वर्षीया लिज ट्रस कन्जर्भेटिभ पार्टीको नेतामा निर्वाचित भएको सोमबार घोषणा गरिएको थियो । दलको नेता बनेसँगै उहाँ आज बेलायतको प्रधानमन्त्रीमा नियुक्त हनुहुने छ । निवर्तमान प्रधानमन्त्री बोरिस जोनसोन डाउनिङ स्ट्रिट छाडिसक्नु भएको छ भने महारानी कहाँ राजीनामा दिन पुग्नु भएको छ । लिजले अक्सफोर्डबाट अर्थशास्त्र दर्शनजस्ता विषयमा अध्ययन गर्नु भएको छ ।

विश्वविद्यालय पढ्दा उहाँ लिबरल डेमोक्रयाटिक पार्टीको विद्यार्थी संगठनको अध्यक्ष बन्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology