Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

सर्तक हुनु आबश्यक छ : नेपालबाट स्पेन फर्किएका व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु


3.9K
Shares

सर्तक हुनु आबश्यक छ : नेपालबाट स्पेन फर्किएका व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु

काठमण्डौ । नेपाल भ्रमण गरेर स्पेन फर्किएका एक व्यक्तिको कोरोना भाईरसका कारण मृत्यु भएको छ । स्पेनको एक अस्पतालमा फेब्रुअरी १३ तारिखमा मृत्यु उनको मृत्यु भएको त्यहाँको सञ्चार माध्यमहरुले उल्लेख गरेको छ । भ्यालेन्सियाका स्वास्थ्यकर्मीले ती व्यक्तिको कोरोना भाइरसका कारण नै मृत्यु भएको पुष्टि गरेका छन् ।

डेली मेलको खबर अनुसार ती व्यक्ति नेपाल भ्रमण गरेर फर्किएपछि बिरामी भएको र त्यसपछि अस्पताल भर्ना गरिएको थियो । कोरोना संक्रमणबाट स्पेनमा भएको यो पहिलो मृत्यु भएको जनाइएको छ ।

समाचारमा नेपालमै उनलाई संक्रमण भएको हो या अन्य ठाउँबाट भएको भन्ने चाहिँ खुलाइएको छैन ।स्पेनमा अहिले १ सय ६५ जना संक्रमित छन् जसमध्ये ४६ जना मड्रिडका हुन् । सातजना बिरामी इन्टेन्सिभ केयर युनिटमा भर्ना छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology