गोरखा, १८ भदौं : पूर्वप्रधानमन्त्री तथा नेपाल समाजबादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले आफु गोरखाको दल बिशेष भन्दा पनि साझा उमेद्वारको रुपमा चुनाव लड्न् चाहेको बताउनु भएको छ । नेसपा गोरखाको पहिलो पूर्ण बैठकमा सहभागी हुन आज गोरखा आइपुग्नु भएका अध्यक्ष डा. भट्टराईले सदरमुकाममा पत्रकारहरुसंग कुराकानी गर्दै कुनै दल बिशेषको नेता वा उमेद्वारको रुपमा भन्दापनि गोरखाको साझा उमेद्वारको रुपमा चुनाव लड्ने आफ्नो इच्छा रहेको बताउनु भएको हो ।
‘मैले यस पटक गोरखाबाट सवै प्रमुख राजनीतिक दलको साझा उमेद्वारको रुपमा अगाडी बढ्ने चाहाना राखेको छु, अध्यक्ष डा.भट्टराईले भन्नुभयो, ‘नेपाली काग्रेस, माओबादी केन्द्रका साथीहरुको त अबश्य साथ रहन्छ, त्यो भन्दाबाहेकका अन्य दलका साथीहरुले पनि मलाई एक पटक गोरखाको सवै दलको प्रतिनिधित्व गर्ने अबसर दिनुहुनेछ भन्ने अपेक्षा छ ।’
उहाँले आफु एकपटक फेरी गोरखा क्षेत्र नम्बर २ बाट नै निर्वाचन लड्ने सोचमा रहेको समेत बताउनुभयो । ‘अहिलेसम्मको औपचारिक टुङगो त लागेको छैन तर गठबन्धनमा जसले जहाँबाट जितेको छ त्यहीँबाट चुनाव लड्ने भन्ने प्रारम्भिक बुझाई बनेको छ, अध्यक्ष भट्टराईले भन्नुभयो, ‘त्यसले स्वतहः म गोरखाको २ नम्बर क्षेत्रबाट चुनाव लड्छु भन्ने छ ।’
उहाँले देशले सुशासन र सम्बृद्धि बाटो खोजेको भन्दै अहिले नै त्यसको मार्गचित्र तयार गरेर जाने अबस्था नरहेकाले फेरी एक पटक अबसर पाए अबको ५ बर्षमा ठोस योजना निर्माण गरेर अघि बढ्ने बताउनुभयो । ‘मेरो सोच त हाम्रो पुस्ताले नयाँ पुस्तालाई हस्तान्तरण गर्नेकी भन्ने पनि थियो, उहाँले भन्नुभयो,‘ हाम्रो पुस्ताले नै देशलाई गणतन्त्र हुदै अहिलेको अबस्थासम्म ल्याइपु¥यायो, यसलाई नै सुरक्षित नगरीकन छोड्दिदा झन अलपत्र पर्ने र संकटमा जाने खतरा देखियो त्यसो हुनाले यो निर्वाचनमा म लगायतका हाम्रै पुस्ताका साथीहरुले चुनाव लडेरै जाने तयारी भएको छ ।’
उहाँले देशलाई नयाँ बैकल्पिक समाजबादी धारको आबश्यकता रहेको भन्दै उहाँले त्यसका लागि निर्वाचन पछि एकिकृत माओबादी केन्द्रसंग छलफल गरेर अघि बढ्ने समझदारी भएको बताउनुभयो ।