झापा, १८ भदौ । झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिका–५ बस्ने ३४ वर्षीया सम्झना श्रेष्ठको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
जंगलबाट आएको हात्तीको आक्रमणबाट गम्भिर घाइते हुनु भएका श्रेष्ठको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।