Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

आरकेस्ट्रा बन्द गराउन खोज्दा झडप


1.2K
Shares

आरकेस्ट्रा बन्द गराउन खोज्दा झडप

जनकपुरधाम, १७ भदौ । जनकपुरधाम उपमहानगरपालिका २२ मा बिहीबार राति भइरहेको आरकेस्ट्रा कार्यक्रम बन्द गराउन पुगेका प्रहरी र दर्शकबीच झडप भएको छ ।

झडपमा प्रहरी हबल्दार सुजित कुमार झा सहित चार जना घाइते भएका छन् । हबल्दार झाको टाउकोमा गम्भीर चोट लागेको छ । अहिले उहाँको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । हिन्दी र भोजपुरी अश्लिल गितमा केटी नचाइरहेको सूचना पाएपछि बन्द गराउन मध्यरातमा जिल्ला प्रहरी कार्यालयको टोली पुगेको थियो । कार्यक्रम बन्द गराउन खोज्दा दर्शक र स्थानीयले प्रहरी टोलीमाथि ढुङ्गामुढा गर्न थालेपछि झडप भएको बताइएको छ ।

‘सांस्कृतिक कार्यक्रम भनेर हिन्दी र भोजपुरी गितमा लेडिज नचाइरहेको थाहा पाएपछि प्रहरी पुगेको थियो’, धनुषाका प्रहरी प्रवक्ता ‘कार्यक्रम बन्द गर्न भनेपछि प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेको डिएसपी प्रदिप बहादुर क्षेत्रीले जानकारी दिनुभयो । डिएसपी क्षेत्रीले प्रहरीमाथि ढुङ्गामुढा गर्ने चार जनालाई पक्राउ गरिएको बताउनु भयो । पक्राउ परेकाहरु आयोजक नै रहेकोउहाँको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology