गोरखा, १७ भदौं । गोरखाको भीमसेन थापा गाउँपालिका भित्र आँखाका बिरामीहरुका निशुल्क आँखा जाँच तथा अप्रेसन शिविर सञ्चालन हुने भएको छ । गाउँपालिकाको समन्व्यमा यहीँ भदौं १९ गतेदेखि ३१ गतेसम्म पालिका भित्र टोलटोलमा निशुल्क आँखा शिविर सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल) ले जानकारी दिनुभयो ।
नेपाल नेत्र ज्वोती संघ, हिरालाल सन्तुदेवी प्रधान नेत्र बिज्ञान अध्ययन संस्था, भरतपुर आँखा अस्पताल र जनचेतना युवा क्लबको प्राबिधिक सहयोगका आँखा पालिका भित्र आँखा शिविर सञ्चालन हुन लागेको उहाँको भनाई छ । उहाँका अनुसार गाउँपालिका वडा नम्बर ५ स्थित बगुवा स्वास्थ्य चौकी र खान्चोक स्वास्थ्य चौकीमा भदौ १९ गते, वडा नम्बर १ स्थित मसेल सामुदायिक स्वास्थ्य चौकी इकाईमा भदौ २० गते शिविर सञ्चालन हुनेछ ।
त्यस्तै वडा नम्बर २ को ओख्ले आधारभूत स्वास्थ्य केन्द्र, काउले पोखरी गाउँघर क्लिनिकमा भवनमा भर्दौ २१ गते, वडा नम्बर ३ मा रहेका डाँडाबेसी गाउँघर क्लिनिक र तान्द्राङ स्वास्थ्य चौकीमा भदौ २२ गते शिविर सञ्चालन हुनेछ ।भदौ २३ गते वडा नम्बर ४ स्थित धावा स्वास्थ्य चौकी र चौतारा सामुदायिक स्वास्थ्य इकाई, भदौं २४ गते धावाको बालुवाटार आमा समुह भवन तथा बोर्लाङ स्वास्थ्य चौकी, २६ गते वडा नम्बर ७ पिपलटार स्थित रबिन्द्र ज्वोती आधारभूत बिधालय र क्याम्मुन्टार पाटनदेवी मा.विमा शिविर सञ्चालन हुनेछ ।
त्यसैगरी भदौ २७ गते वडा नम्बर ८ स्थित महादेवटार आधारभूत स्वास्थ्य इर्काई र वडा नम्बर ८ को कार्यालय, २८ गते मदरसा उलुम प्रा.वि र जनशत्ति आधारभूत बिधालय र भदौं २९ गते आमासमुह भवन मोहरियामा शिविर सञ्चालन हुने गाउँपालिका अध्यक्ष बन्जराले जानकारी दिनुभयो ।
भदौ ३० र ३१ गते अश्राङ स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने शिविरमा अप्रेसन गर्नुपर्ने आखाँका बिरामीहरुको अश्राङ स्वास्थ्यचौकीमा अप्रेसन गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । गाउँपालिका भित्रका बिभिन्न वडाका १० स्थानमा शिविर सञ्चालन हुने भएकाले सम्बन्धित सवैलाई नजिकको पायक पर्ने स्थानमा पुगेर आँखा उपचार तथा परीक्षण गर्न गाउँपालिका अध्यक्ष बन्जराले अनुरोध समेत गर्नुभएको छ ।