Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

असोज ३ गतेदेखि दोस्रो लिगलिग पालुङटार महोत्सव हुने


2.2K
Shares

असोज ३ गतेदेखि दोस्रो लिगलिग पालुङटार महोत्सव हुने

गोरखा, १६ भदौ । असोज ३ गतेदेखि दोस्रो लिगलिग पालुङटार महोत्सव हुने भएको छ । पालुङटार उद्योग बाणिज्य संघको आयोजनामा असोज ३ गतेदेखि ११ गतेसम्म महोत्सव हुन लागेको हो ।

पालुङटारलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चिनाउने उद्वेश्यका साथ महोत्सवको आयोजना गरिएको बिहीबार ठाँटीपोखरीमा पत्रकार सम्मेलन सम्मेलन गर्दै अध्यक्ष मानबहादुर आलेले जानकारी गराउनु भयो । महोत्सवमा स्थानिय ब्यापारीलाई प्रथामिकता दिने अध्यक्ष आलेकोे भनाई छ । उहाँका अनुसार  महोत्सवमा साँस्कृतीक कार्यक्रम, नगर स्तरीय लोकदोहोरी प्रतियोगिताको समेत आयोजना हुने साथै बाल उद्यान समेत हुने छन् ।

यस अवधिभर करिब ७० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवको लागि भनेर विभिन्न २४ वटा समिति समेत निर्माण गरिएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवबाट ९ लाख नाफा कमाउने लक्ष्य लिएको छ । नाफा भएको रकमबाट उद्योग बाणिज्य संघको भवन बनाउन जग्गा किन्ने तथा भवन निमार्ण गर्ने अध्यक्ष मानबहादुर आलेले बताउनुभयो ।

महोत्सवमा एक सय वटा स्टल रहने र बुकिङ समेत खुल्ला गरिएको वरिष्ठ उपाध्यक्ष सुरज श्रेष्ठले बताउनुभयो । महोत्सवमा स्थानिय उत्पादनदेखी ब्यवसायीक स्टलहरु रहने आयोजकले जनाएको छ ।  महोत्सवमा ६५ लाख रुपैया बराबरको कारोबार हुने अनुमान  सक्ने आयोजकले अनुमान गरेको छ ।

लमजुङ र तनहुँको समेत सिमाना रहेको पालुङटार महोत्सवमा बिद्यार्थीहरुका लागि ५० र सर्व साधारणलाई १०० रुपैयाँ प्रवेश शुल्क लिने निर्णय गरेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology