Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

भरुवा बन्दुकसहित एक जना पक्राउ


1.5K
Shares

भरुवा बन्दुकसहित एक जना पक्राउ

लम्जुङ, १६ भदौ । जिल्ला प्रहरी कार्यालय लमजुङले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले दुई थान भरुवा बन्दुकसहित क्वोहोलासोथर गाउँपालिका– ८ घाम्राङ घर भई वडा नम्बर ९ साल्मे बस्ने वर्ष २७ का यमबहादुर राना मगरलाई पक्राउ गरेको हो ।

अवैध भरुवा बन्दुक लुकाइछिपाई राखेको तथा स्थानीय मानिसलाई धाकधम्की दिने गरेको भन्ने विशेष सुराकको आधारमा प्रहरी टोलीले मंगलबार एक थान लोड गरेको र एक थान अनलोड गरेको अवस्थामा दुई थान भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमल जानकारी दिनुभयो । पक्राउ परेका रानामगरलाई जिल्ला अदालत लमजुङबाट हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा बुधबार सात दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनु भयो ।

निर्वाचन नजिकिएसँगै प्रहरीले अवैध रूपमा राखिएका हातहतियारबाट हुन सक्ने घटनालाई रोक्न सक्रियता बढाएको छ ।  मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको परिच्छेद ६ अनुसार हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा उत्पादन र निर्माण गरेको पाइएमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । यस्तै सञ्चय, बिक्री–वितरण गरेको पाइएमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना र इजाजतविना हातहतियार लिई हिँडेको पाइएमा पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology