Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

आज सेयर बजार करिब २२ अंकले घट्यो


1.5K
Shares

आज सेयर बजार करिब २२ अंकले घट्यो

काठमाडौँ, १५ भदौ । आज नेपाली सेयर बजार परिसूचक नेप्से २१.९७ अंकले घटेकोे छ । सेयर बजारको परिसूचक नेप्से तथा सबै उपसमूहका सूचक घटेको हो ।

सो अंकको कमीपछि १९७३ अंकमा कायम भएको छ । दिनभर कुल १ अर्ब १२ करोड रुपैयाँको कारोबार भयो भने हिजो १ अर्ब १ करोडको कारोबार भएको थियो । कुल १५ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने ४ को स्थिर रह्यो । बैंकिङ ७, विकास बैंक ६५, फाइनान्स ४०, होटल तथा पर्यटन ३६, जलविद्युत् ४९, जीवन बीमा १३७, उत्पादन ५०, माइक्रोफाइनान्स ६६, निर्जीवन बीमा ४८, अन्य १६ र ब्यापार उपसमूह २६ अंकले घटेको छ ।

बढेका सबै कम्पनीको मूल्यवृद्धि २ प्रतिशतमुनि रह्यो । हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ६.८ प्रतिशत घट्यो । नेपाल टेलिकमको सबैभन्दा धेरै रकमको सेयर कारोबार भएको छ । पछिल्ला केही दिनयता एक मात्रै सूचीकृत टेलिकम कम्पनीको कारोबार सबैभन्दा उच्च देखिएको छ । बुधबार नेपाल टेलिकमको १० करोड ७ लाख रुपैयाँको सेयर कारोबार हुँदा मूल्य भने प्रतिकित्ता १२.१० रुपैयाँ घटेर ९२७.९० रुपैयाँ कायम भएको छ ।

त्यस्तै रिडी पावर, राप्ती हाइड्रो, नेस्डो लघुवित्त र शिवम् सिमेन्ट कारोबार रकमका आधारमा क्रमश अगाडि रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology