गोरखा, १४ भदौ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले १२ सय मेगावटको बहुउद्देश्य बुढीगण्डकी जलविद्युत आयोजनाको काम यही वर्ष अगाडी बढाउने बताउनु भएको छ ।
सबै प्रक्रिया पुरा भएकाले यही वर्ष नै बुढीगण्डकी जलविद्युत आयोजनाको काम अगाडी बढाउने मन्त्री पम्फा भुसालले बताउनु भएको हो ।
जलविद्युत आयोजनाको काम अघि बढाउनका लागी प्रक्रिया पुरा भए पनि कम्पनि दर्ताको लागी अर्थ मनत्रालयबाट आउने चिठि कुरिरहेको.उहाँले बताउनुभयो । ‘सबै प्रक्रिया पुरा भई कम्पनि दर्तामा छ’ उहाँले भन्नुभयो ‘त्यसको लागी अर्थ मनत्रालयबाट आउने चिठि कुरिरहेका छौं ।’
चिठि आएपछि कम्पनि बन्ने उहाँको भनाई छ । यस पछि कन्सलटेन्टको खरिद बिक्रि प्रक्रिया अघि बढ्ने उहाँले बताउनु भयो । उहाँका अनुसार आयोजनाको जग्गा अधिग्रहण तथा पुर्नबासको काम अन्तिम चरणमा रहेको छ । साथै यो समान्नतर रुपमा अघि बढ्ने उहाँले जानकारी दिनुभयो ।
अध्यायन अनुसार १२ सय मेगावटको स्टोरेज क्षमता भएको जलविद्युत आयोजना मध्ये बुढीगण्डकी जलविद्युत आयोजना विश्वको एक सय भित्र पर्ने उहाँले बताउनु भएको छ ।