काठमाडौं, १४ भदौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तीन सय रूपैयाँले बढेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ। मंगलबार चाँदी प्रतितोला ११ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।