Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपी भ्रमणका लागि अमेरिका प्रस्थान


1.3K
Shares

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपी भ्रमणका लागि अमेरिका प्रस्थान

काठमाडौँ, १४ भदौ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आईजीपी भ्रमणका लागि अमेरिका प्रस्थान गर्नु भएको छ ।

नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालको टोली न्यूयोर्कमा हुने युनाइटेड नेसन चिफ अफ पुलिस समिट (यूएनसीओपीएस)मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गर्नु भएको हो । आईजीपी सिंहसँगै उहाँको भ्रमण टोलीमा सचिवालयका एसपी सविन प्रधान पनि रहनु भएको छ ।

अर्यालसँग सशस्त्र प्रहरी निरीक्षक केदार सापकोटा अमेरिका प्रस्थान गर्नु भएको छ ।दुवैको अनुपस्थितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको निमित्त प्रहरी प्रमुखको जिम्मेवारी क्रमशः सहकुलबहादुर थापा र नारायणदत्त पौडेलले सम्हाल्नु हुने छ । न्यूयोर्कमा आयोजित कार्यक्रम १५ देखि १७ भदौसम्म चल्नेछ । दुवै प्रहरी प्रमुखलाई विमानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरुले विदाइ गरेका थिए ।

सम्मेलनमा संयुक्त राष्ट्र संघको शान्ति सेना, अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि संयुक्त राष्ट्र संघका प्राथमिकता लगायतका विषयमा छलफल हुने भनिएको छ ।महानिरीक्षक सिंहले सोही अवसरमा अन्य देशका प्रहरी प्रमुखसँग द्विपक्षीय तथा बहुपक्षीय भेटघाट र सुरक्षा मामिलाका विषयमा कुराकानी हुने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology