Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

दरौँदी लिफ्टिङ खानेपानी आयोजना पूर्ण रुपमा सञ्चालन हुन अझै एक बर्ष लाग्ने


3.1K
Shares

दरौँदी लिफ्टिङ खानेपानी आयोजना पूर्ण रुपमा सञ्चालन हुन अझै एक बर्ष लाग्ने

गोरखा, ११ भदौ । दरौँदी गोरखा बृहत लिफ्टिङ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले परीक्षणको रुपमा खानेपानी बितरण सुरु गरेको छ । २०७३ सालदेखि निर्माण सुरु भएको आयोजनाले गोरखा नगरपालिका क्षेत्रका बिभिन्न ७ वटा संस्थाहरु मार्फत खानेपानी परीक्षणको रुपमा बितरण सुरु गरेको उपभोक्ता संस्थाका अध्यक्ष बिनोद अर्यालले जानकारी दिनुभयो ।

संस्थाले आज गोरखा सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गरी खानेपानी बितरणको काम सुरु गरेको बताउनुभयो । ‘सदस्य सस्थाहरु मार्फत यस अघि जडान गरिएका धाराहरुबाट नै खानेपानी बितरण गरीएको हो, उहाँले भन्नुभयो, ठेकेदार कम्पनीबाट आयोजना हस्तान्तरणको काम बाँकी रहेकाले पूर्ण रुपमा खानेपानी बितरण हुन बाँकी छ । ’ आयोजनाले अहिले साना शहरी , कर्ने खोला, तिनचाँपे, जुगेपानी, आहाले पोखराथोक, तिनधारे र थाकल डाडा खानेपानी आयोजना मार्फत जडान गरिएका धाराहरुमा परीक्षणका रुपमा खानेपानी बितरण सुरु गरेको हो ।

जसबाट करिब ४२ हजार घरधुरी भएको गोरखा नगरपालिका भित्रका करिब २१ सय घरधुरीमा दरौदी लिफ्टिङ खानेपानी आयोजनाको पानी बितरण भइरहेको संस्थाले जनाएको छ । उहाँले अबको ८ महिनापछि ठेकेदार कम्पनी चुदी रमन जेभीले उपभोक्ता समितिालाई आयोजना पूर्ण रुपमा हस्तान्तरण गर्ने र एक बर्ष भित्रमा पूर्ण रुपमा उपभोक्ताको घरघरमा खानेपानी पु¥याउन सकिने जानकारी दिनुभयो । उक्त आयोजनाबाट बितरण गरिने खानेपानी करिब ९८ प्रतिसत शुद्ध हुने उपभोक्ता संस्थाका अध्यक्ष अर्यालको भनाई छ ।

गोेरखा नगरपालिका वडा नम्बर ३ मा पर्ने दरौदी नदीबाट १०/ १० मिटर गहिरो इनार खनेर इनार पानी तानेर उक्त पानीलाई घलाङमा निर्माण गरिएको ट्याङकीमा स्लो साइन फिल्टर जडान गरेर फिल्टर गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । ‘१० मिटर गहिरो इनार खनेर तानिएको पानी आफैमा ८० प्रतिसत शुद्ध हुने बिज्ञहरुको भनाई छ, अध्यक्ष अर्यालले भन्नुभयो, ‘पुनः स्लो साइन फिल्टर जडान गरेपछि त्यसको शुद्धताको मात्र ९६ देखि ९८ प्रतिसतसम्म पुग्छ ।’

आयोजना अन्र्तगत अहिले २२ वटा स्थानीय क्रियाशिल संस्थाहरु सदस्य रहेर तिनै संस्थाहरुले बितरण गर्दै आएको खानेपानीका धारामा आयोजनाले खानेपानी बितरण गर्ने उहाँले बताउनुभयो । ‘बाँकी रहेका स्थानीय संस्थाहरुलाई यहीं संस्थाको सदस्य बनाउने काम भइरहेको छ, अध्यक्ष अर्यालले भन्नुभयो, ‘सकभर अहिले रहेका संस्था मार्फत बितरण गर्ने गरी काम गर्छौ नभएर नीजि धारा जडानका लागि हामीले व्यवस्था गरिसकेका छौ ।’ उहाँले नीजि धारा जडानका लागि प्रत्येक घरले अनुमानित १० हजार रुपैया धरौटी राख्नुपर्ने व्यवस्था आयोजनाले गर्न लागेको जानकारी दिनुभयो ।

गोरखा नगरपालिका भित्र अहिले रहेका ४२ हजार घरधुरीका लागि दैनिक १८ लाख लिटर पानीको आबश्यकता पर्ने भएपनि यहीँ आयोजनाबाट दैनिक २० लाख लिटरसम्म पानी पम्प गर्न सक्ने क्षमता रहेकाले आयोजना पूर्ण रुपमा सञ्चालनमा आएपनि नगरपालिका भित्र खानेपानीको अभाव नहुने अध्यक्ष अर्यालको भनाई छ ।

आयोजना अन्र्तगत २१ वटा ट्याङ निर्माण भएको उहाँले बताउनुभयो । करिब ४२ करोड रुपैयाको लागतमा निर्माण भइरहेको उक्त आयोजना २०७८ फागुन भित्रै निर्माण सम्पन्न गर्नुपर्ने भएपनि कोरोनाका कारण ढिलाइ भएपनि ठेकेदार कम्पनीले एक बर्ष बढी म्याद थप प्राप्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology