Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखा २ मा काग्रेसले सधै बाबुरामलाई भोट हाल्नुपर्छ भन्ने छैन : सभापति न्यौपाने


2.6K
Shares

गोरखा २ मा काग्रेसले सधै बाबुरामलाई भोट हाल्नुपर्छ भन्ने छैन : सभापति न्यौपाने

गोरखा, १० भदौ : नेपाली काग्रेस गोरखाका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले गोरखा क्षेत्र नम्बर २ मा काग्रेसका नेता कार्यकताले सधै डा. बाबुराम भट्टराईलाई भोट हाल्नुपर्छ भन्ने नभएको बताउनु भएको छ । काग्रेस जिल्लामा आजदेखि सुरु गरेकोे ‘जनताको साथमा नेपाली काग्रेस’ अभियानको बारेमा जानकारी दिन बिहान आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईलाई २ नम्बर निर्वाचन क्षेत्रमा कुनै हालतमा सहयोग गर्न नसक्ने उहाँले बताउनु भएको हो ।

सभापति न्यौपानेले नेपाल समाजबादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.भट्टराईलार्ई गोरखा २ मा काग्रेस यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा काग्रेसका कोहीपनि कार्यकर्ता भाट हाल्ने पक्षमा रहेको दावी गर्नुभयो । ‘भट्टराईको मत अहिले पहिला जति पनि छैन, पहिले ल्याएको मत पनि अहिले घटेको छ, उहाँले भन्नुभयो, जितेर गएपछि उहाँले मतको कदर गर्न सक्नु भएन ।’

सभापति न्यौपानले गोरखा जिल्लाका रहेको प्रतिनिधिसभाको दुई निर्वाचन क्षेत्र मध्ये जुनजुन भएपनि काग्रेस र माओबादीलाई बराबरी हुनुपर्ने आफुहरुको दावी रहेको बताउनुभयो । ‘नेपाली गोरखामा काग्रेसलाई दुई मध्य जुन क्षेत्र भए नि हुन्छ तर बराबरी हुनुपर्छ काग्रेस गोरखाको आधिकारिक धारणा र निर्णय यही हो, सभापति न्यौपानेले भन्नुभयो, केही साथीहरुले क्षेत्र नम्बर २ नै चाहिन्छ पनि भन्नुभएको छ, तर यो त्यो क्षेत्र होइन दुईमध्ये जुन जुन भएपनि बराबरी चाहिन्छ ।’

गोरखा जिल्लामा मुख्य रुपमा दुई पार्टी नेकपा माओबादी केन्द्र र नेपाली काग्रेस नै रहेका गठबन्धनमा रहेका अन्य दलले सिट खोज्न नसुहाउने बताउनुभयो । ‘गठबन्धनमा रहेका दललाई हामीले नदिने भनेका होइनै , तर जहाँ जसको मत राम्रो छ त्यहाँ त्यहि दललाई सिट दिनपर्छ भन्ने हो, सभापति न्यौपानेले भन्नुभयो, अन्यदल आफ्नो राम्रो भएको अन्य जिल्लामा हाम्रो पार्टीले सघाउछ ।’

काग्रेस गोरखाले आजदेखि जिल्ला भित्रका ११ वटै पालिकामा अभियान सुरु गरेको बताउदै उहाँले अभियानामा जाने टोललिे समाजमा रहेका सबै वर्ग समुदायमा जोडिएर जनताको बिचार सुन्ने र काग्रेसको नीति योजना तथा कार्यक्रमको बारेमा जानकारी गराउने सभापति न्यौपानेल बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology