काठमाण्डौ– नेपालमा कोराना भाईरसको आंशकमा ५ जना व्यक्ति अस्पताल भर्ना भएका छन् । राजधानीको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा कोरोनाभाइरसको सङ्क्रमणसँग मिल्दाजुल्दा लक्षणसहित सोमवार बिहानसम्म पाँच व्यक्ति भर्ना भएका हुने ।
चीन र दक्षिण कोरियाबाट फर्किएका उनीहरू ज्वरो र रुघाखोकीजस्ता लक्षण देखिएपछि उपचारका लागि अस्पताल आएको केन्द्रका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिनुभयो ।
उनीहरू ूशङ्कास्पद बिरामीूको मापदण्डमा परेकाले निगरानीमा राखिएको डा पाण्डेले बताउनुभयो । सरकारले कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै सचेतना अभियान अघि बढाउनुका साथै थप सतर्कताका उपाय अवलम्बन गर्न लागिएको जनाएको छ।