काठमाडौँ, ९ भदौ । पछिलो २४ घण्टामा देशभरबाट ४४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार बिहीबार देशभरबाट ४ हजार ९५४ नमुना परीक्षण हुँदा ४४४ जनामा संंक्रमण पुष्टी भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।
१ हजार ९९६ पीसीआर परीक्षणमा २११ र २ हजार ९५८ एन्टीजेन परीक्षणमा २३३ जना संक्रमित फेला परेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । २४ घण्टामा ३०७ जना निको भएका छन् । बिहीबारमसम्म सक्रिय संक्रमितको संख्या ४ हजार १९९ रहेको छ । २४ घण्टामा ५ हजार ५९७ जनाले मात्रै खोप लगाएका छन् ।