Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

महानगरले भत्कायो अल्फाबिटाको अवैध संरचना


1.4K
Shares

महानगरले भत्कायो अल्फाबिटाको अवैध संरचना

काठमाडौँँ, ९ भदौ । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्काएको छ ।

३५ दिने सूचनाको अवधि सकिएपछि नभत्काएको पाइएपछि बिहीबार अपरान्ह मेयर बालेनकै नेतृत्वमा गएको महानगरको टोलीले अल्फाबिटाको अवैध संरचना भत्काएको हो । बिहिबार बिहान महानगर प्रमुख बालेन्द्र साह (बालेन) सहितको महानगर टोली अवलोकनमा पुगेको थियो ।

बिहीबार बिहान अल्फाबिटाका प्रतिनिधिले दाबी गरिएको जस्तो वैध संरचना नरहेको पुष्टि गर्ने कागजात बोकेर मेयर बालेन डोजरसहित अल्फाबिटा पुग्नु भएको थियो । घरको नक्सा र डोजर लिएर अल्फबिटा पुगेको महानगर टोलीले अवैध संरचना भत्काएको हो ।

गत सोमबार नयाँ बानेश्वरमा र बुधबार सुन्धरा, न्यूरोडसहितका स्थानमा अवैध संरचना महानगरले भत्काएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology