Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा चुनावी प्रक्रिया र नीति निर्माण तहमा युवाको संलग्नता विषयमा अन्तरक्रिया


1.8K
Shares

गोरखामा चुनावी प्रक्रिया र नीति निर्माण तहमा युवाको संलग्नता विषयमा अन्तरक्रिया

गोरखा, ८ भदौ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा गोरखामा चुनावी प्रक्रिया र नीति निर्माण तहमा युवाको संलग्नता विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल युवा संस्था सञ्जाल (आयोन) को आयोजनामा एक दिने चुनावी प्रक्रिया र नीति निर्माण तहमा युवाको संलग्नता विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ता माओवादी केन्द्रका जिल्ला अध्यक्ष एवम प्रदेश साँसद लेख वहादुर थापा, वक्ता गोरखा नगरपालिकाका उपमेयर मोसली माया थोकर, जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेक वहादुर कोइराला, युवा अभियान्ता हरि देवकोटाले आफ्नो धारणा राखेका थिए ।

अध्यक्ष थापाले युवा देश विकासको महत्वपुर्ण शक्ति भएता पनि युवा, वयस्क र वृद्ध सवैको समावेशीकरणवाट मात्र देशले प्रगती गर्न सक्ने वताउनुभयो । सहभागी युवाहरुको प्रश्नको जवाफ दिदै युवा शिक्षालाई प्रथमिकता दिएर युवाहरुलाई नैतिक शिक्षा दिनु पर्नेमा उहाँले जोड दिनुभयो । साथै युृवालाई स्वरोजगार बनाउन प्रदेश स्तरबाट तालिमको व्यवस्था गरिदिने बताउनु भएको छ ।

उहाँले संविधानलाई कार्यन्वयन गर्न शन्तिको निम्ती गठबन्धन र एकता चाहिएको बताउनु भयो । सहकार्य गरेर अघि जानु पर्ने उहाँको भनाई छ । नेपालमा युवालाई कहिले सम्म प्रयोग गर्ने भन्ने प्रश्नको जवाफ दिदै ‘ युवा भनेको उदाउदो सूर्य हो,’ उहाँले भन्नसभयो  ‘ हामी भनेको अस्ताउदो सूर्य हौ ।’

जवाफ दिने क्रममा उपप्रमुख थोकरले नगरपालिकालाई युवा मैत्री बनाउन १४ वटै वडाका युवाहरुसँग छलफल तथा अन्तरक्रिया गरेर उनीहरुको आवश्यकता तथा गुनासो बुझ्नु पर्ने बताउनु भएको छ । ‘मेयर सँग युवा कार्यक्रम होइन,’ उहाँले भन्नुभयो ‘ युवाहरुसँग मेयर कार्यक्रम ल्याएर उनीहरुसँग भएको सिप क्षमता पहिचान गर्नु पर्छ ।’

युवालाई लक्षित गरि बनाएका निति नियम कार्यन्वयन गर्न समेत पहल गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार नगर भित्रका बेरोजगार युवाहरुको तथ्यङ्क संकलन गरी रोजगार अभिवृद्धिको अभियान चलाउने तयारी रहेको छ । यो अभियान चलाउनुको मुख्य उदेश्य युवालाई वैदेशिक रोजगारमा जानबाट रोक्नु रहेको उहाँको भनाई छ ।

निर्वाचन कार्यालयका प्रमुख कोइरालाले मतदान गर्नका लागी उमेरको हदवन्दी विभिन्न अध्ययन र अनुभवको आधारमा तोकिएको वताउनु भयो । साथै वढि भन्दा वढि मतदाता शिक्षा परिचालन गर्न सकेमा मतवदरको संख्या घटाउने सकिने उहाँको भनाई छ ।

No description available.

कार्यक्रममा युवा अभियान्ता हरि देवकोटाले स्थानीय तहको पछिल्ला चुनावमा झण्डै ४१ प्रतिशत युवा निर्वाचित भएता पनि पालिकाको प्रमुख उपप्रमुखमा १९ प्रतिशत मात्रै भएको वताउनु भएको थियो ।

हाल देशको कानुन अनुसार २१ वर्ष भएपछि स्थानीय तहमा, प्रदेश तथा प्रतिनिधिसभामा २५ वर्ष, राष्ट्रियसभामा ३५ र राष्ट्रपति उपराष्ट्रपति हुनको लागि ४५ वर्ष नियम भएकाले पनि तवै तहमा युवाले चाहदैमा पुग्न नसक्ने उहाँले बताउनुभयो । देशको कानुन भन्दा पनि पार्टीमा रहेका नेताहरुको कारण युवाहरुले जिम्मेवारी नपाएको उहाँको भनाई छ । कार्यक्रमलाई पत्रकार मोहसिन अलि मियाँले सहजीकरण गर्नु भएको थियो ।

आयोनका उपाध्यक्ष मिलन सिँह वस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमम आगमि दिनहरुमा युवालाई समेटेर विकासमा लाग्ने वक्ताहरुले प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology