Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

प्रचण्डमाथी जुत्ता प्रहारको प्रयास गरिएको घटनाको छानविन गर्न समिति गठन


2.4K
Shares

प्रचण्डमाथी जुत्ता प्रहारको प्रयास गरिएको घटनाको छानविन गर्न समिति गठन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल- प्रचण्डमाथि जुत्ता प्रहार भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ।

प्रहरीले महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको डीआइजी विश्वराज पोखरेले जानकारी दिनुभयो ।

छानविनका लागि गठित समितिमा  डीएसपी होबिन्द्र बोगटी र महानगरीय प्रहरी वृत सिंहदरबारका इन्सपेक्टर युवराज तिमिल्‍सिना सदस्य रहनु भएको छ ।

आईतबार राष्ट्रियसभा गृहमा अध्यक्ष प्रचण्ड माथी कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला २२ वर्षीय युवक रतन तिरुवाले जुत्ता प्रहारको प्रयास गरेका थिए । घटना लगत्तै तिरुवालाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology