Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

माओवादी केन्द्र र एकीकृत समाजवादीको चुनावी घोषणापत्र एउटै हुने सहमति


1.6K
Shares

माओवादी केन्द्र र एकीकृत समाजवादीको चुनावी घोषणापत्र एउटै हुने सहमति

काठमाडौँ, ६ भदौ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा एउटै घोषणापत्र लिएर जाने सहमति भएको छ ।

ललितपुरमा बसेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सहभागी बैठकले एकता संयोजन समिति गठन गर्ने र चुनावी घोषणापत्र एउटै बनाउनेबारे निर्णय गरेको हो ।एकीकृत पार्टीकै घोषणा निर्वाचनपछि हुने बताउँदै श्रेष्ठले पार्टी एकताको मोडालिटी तयार गर्नका लागि एकता संयोजनलाई जिम्मेवारी दिने वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए ।

पार्टी एकतासमेत गर्ने तयारी गरेका दुवै दल एकताअघि नै चुनावमा भने एउटै घोषणापत्र बनाएर जान सहमत भएका हुन् ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology