गोरखा, ६ भदौ । नेकपा माओवादी केन्द्रको भातृ संगठन, योग कम्युनिष्ट लिग (वाइसियल) कन्द्रीय समितिमा गोरखाका दुई सचिव सहित ९ जना केन्द्रीय समितिमा चयन भएका छन् ।
आइतबार काठमाडौंमा सम्पन्न भएको वाइसीयलको दोस्रो भेलाबाट दुई सचिव र केन्द्रीय सदस्यहरुमा गोरखाका ७ जना परेका हुन् । वाइसीयल केन्द्रीय सचिवमा सुदिप नगरकोटी र प्रेम श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको वाइसीयल गोरखाका जिल्ला संयोजक सागर श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै उक्त भेलामा धिरज उपरकोटी, गुणराज खनाल, लक्ष्मी रम्तेल, सागर श्रेष्ठ, सुनिल थापा मगर, सनिल परियार र रिना थापा मगर चयन भएका संयोजक श्रेठले बताउनु भयो ।