काठमाडौँ, ५ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा २८६ जनामा कोरोना संक्रमित पष्टी भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक तथ्यांकअनुसार १ हजार ८१६ पीसीआर परीक्षणमा २०२ र १ हजार ६०७ एन्टीजेन परीक्षणमा ८४ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा जम्मा ३ हजार ४२३ परीक्षण भएको थियो । सोही अवधिमा निको हुनेको संख्या ४७९ जना र मृत्युको संख्या भने शुन्य रहेको छ ।
आइतबारसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ३४८ रहेको छ । २४ घण्टामा ४ हजार ३४३ जनाले मात्रै खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।