Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

माओबादी केन्द्रको केन्द्रीय पदाधिकारीमा गोरखा दुई नेता चयन


3.3K
Shares

माओबादी केन्द्रको केन्द्रीय पदाधिकारीमा गोरखा दुई नेता चयन

गोरखा, ४ भदौ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पदाधिकारीमा गोरखाका दुई जना चयन भएका छन् । पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पेश गर्नुभएको पदाधिकारीको प्रस्तावमा गोरखा जिल्लाबाट बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिवमा हितराज पाण्डे पर्न सफल भएका हुन् ।

निक्कै लामो प्रयासपछि महासचिवमा भने देव गुरुङ चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा कृष्णवहादुर महराको नाम प्रस्ताव भएको छ । उपमहासचिवमा गरिराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेत प्रस्ताव भएका छन् । त्यस्तै, सचिवहरूमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखेरेल, गणेश साह, हितमान शाक्य, डिलाराम शर्मा र राम कार्कीको नाम प्रस्ताव भएको छ ।

कोषाध्यक्षमा भने श्रीराम ढकालको नाम प्रस्ताव भएको छ । बैठकमा अध्यक्ष प्रचण्डले महासचिवसहित पदाधिकारीको नाम प्रस्ताव गरेपनि प्रस्तावित नाममा १ जनामात्रै महिला समावेश रहेको छ । प्रचण्डले उपमहासचिवमा पम्फा भुसालको नाम मात्रै सिफरिस गर्नुभएको हो । बैठकमा प्रचण्डले पेश गरेको पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology