Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखामा एउटै विधालयका १५ जना विधार्थीमा कोरोना, एक हप्ताका लागी पठनपाठन बन्द


1.8K
Shares

गोरखामा एउटै विधालयका १५ जना विधार्थीमा कोरोना, एक हप्ताका लागी पठनपाठन बन्द

गोरखा, ३ भदौ । गोरखाको आरुघाट गाउँपालिका वडा नं. ८ आरुपोखरीस्थित दरबार माध्यामिक विधालयका १५ जना विधार्थीसहित १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

आज ६६ जनामा गरिएको एटिजेन्ट परिक्षणमा १५ जना विधार्थी, वडा नं. ७ का वडाध्यक्ष, सोही विधालयका एक जना शिक्षक तथा एक स्वास्थयकर्मीमा संक्रमण पुष्टि भएको हो ।

सो विद्यालयका विधार्थीहरुमा केहिदिनदेखि रुघाखोकी, ज्वराका लक्षण देखिएपछि शुक्रबार गरिएको परिक्षणको क्रममा  उक्त संख्या संक्रमण देखिएको वडाध्यक्ष मुरारी खनालले जानकारी दिनुभयो । थपिएका संक्रमित मध्ये ९ जना पुरुष र ९ जना महिला रहेका छन् ।

एकै पटक १८ जनामा संक्रमण देखिएको र अन्य विधार्थीहरुमा समेत लक्षण रहेकाले वडा शिक्ष समितिको अपातकालीन बैठक बसि भोलीदेखि एक हप्ताका लागि विधालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology