गोरखा, ३१ साउन । भीमसेन थापा गाउँपालिकाको पाँच विद्यलयाका ३८ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार भीमसेन थापा वडा नंं १ मसेलमा रहेको दुल्लभ मावि, बिन्द्रावती, कनकामना र चण्डेवरी तथा ६ को अश्राङमा रहेको नव जागृती चण्डी माविका २४३ जना विद्यार्थीमा गरिएको एन्टिजेन परिक्षणका क्रममा ३८ जनामा संक्रमण देखिएको हो ।
हिजो ११० जना छात्रा र १३३ जना छात्रको एन्टिजेन परिक्षण गरिएको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिनुभयो ।
दुल्लभव माविमा ६४ जना गरिएको परिक्षणमा १४ जना, बिन्द्रावती माविमा ५० जनामा गरिएको परिक्षणमा ७ जना, कनकामनामा ४० जना मध्ये २ जना र चण्डेवरीमा ३३ जना मध्ये ५ जना तथा नव जागृती चण्डीमा ५६ जना मध्ये १० जनामा संक्रमण देखिएको भीमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताउनु भयो ।
उहाँका अनुसार विद्यार्थीहरुमा संक्रमण पुष्टि भए संगै विद्यालयको पठन पाठन केही दिनको लागि बन्द गरिएको हो ।