Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, दुई घाइते


1.3K
Shares

स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, दुई घाइते

नवलपरासी, ३० साउन । नवलपरासी बर्दघाट सुस्तापूर्वको गैंडाकोट नगरपालिका–१७ अमरापुरीमा आज स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

बागमती प्रदेश ०३ ००३ प ७०६३ नम्बरको स्कुटरले आज बिहान साढे ११ बजे पैदल हिडिरहेका स्थानीय ७० वर्षिय मोहन बहादुर क्षेत्री ठक्कर दिएर मृत्यु भएको हो । स्कुटरको ठक्करबाट गम्भिर घाइते भएका क्षेत्रीको उपचारको क्रममा कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा मृत्यु भएको हो ।

दुर्घटनामा परी स्कुटर चालक ५० वर्षिय कलाधर सापकोटा र पछाडि सवार ५० वर्षिया नन्दकली सापकोटा घाइते हुनु भएको छ । घाइते दुबैजनाको कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology