काठमाडौं, ३० साउन । पछिल्लो २४ घण्टामा देशभर थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार ५ हजार ७३७ जनाको कोरोना परीक्षण गर्दा ८८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३ हजार १५५ जनाको पिसिआर र २ हजार ५८२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
हाल देशभर देशभर पाँच हजार ३८७ जना सक्रिय संक्रमित छन् । संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यस्तै ४७४ जना डिस्चार्ज भएका छन्।