Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

पत्रकार निरौला टान जर्नालिजम अवार्डबाट सम्मानित


1.7K
Shares

पत्रकार निरौला टान जर्नालिजम अवार्डबाट सम्मानित

काठमाडौ, ३० साउन । विश्व कीर्तिमानी पत्रकार भानुभक्त निरौला ‘टान जर्नालिजम अवार्डबाट सम्मानित हुनु भएको छ । ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपालको बार्षिक साधारण सभा तथा अधिबेशनको अवसरमा पत्रकारिताबाट पर्यटन प्रर्वद्धनमा गरेको योगदानको कदर गर्दै पत्रकार निरौला सम्मानित हुनु भएको हो ।

सोमबार होटल हायतमा आयोजित कार्यक्रममा पर्यटन मन्त्री जीवनराम श्रेष्ठ र टान अध्यक्ष खुम सुवेदीले पत्रकार निरौलालाई नगद र ताम्रपत्र प्रदान गर्नुभयो । वि.स. २०६४ सालदेखि हिमाली जिल्ला सोलुखुम्बुबाट पत्रकारिता शुरु गनु भएका पत्रकार निरौलाले जिल्लाबाटै कान्तिपुर पत्रिका र टेलिभिजनमा रिर्पोटिङ गर्नु हुन्छ ।

हिमाल एफ.एम. ९०.२ मेगाहर्जका प्रबन्ध निर्देशक समेत रहनु भएका उहाँले पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नाकोत्तर गर्नु भएको छ । उहाँले पर्यटन प्रवर्द्धनकै सवालमा विश्वकै लामो रेडियो अन्तरवार्ता लिएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology