Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

मृगौला रोगबाट पीडित झुन्झुनवालाको निधन


1.6K
Shares

मृगौला रोगबाट पीडित झुन्झुनवालाको निधन

काठमाडौ, २९ साउन । मृगौला रोगबाट पीडित भारतीय सेयर बजारका बादशाह मानिने राकेश झुन्झुनवालाको आज आइतबार बिहान निधन भएको छ । लामो समयदेखि मृगौला सम्बन्धि रोगबाट पीडित दलाल स्ट्रिटमा बिग बुल र स्टक बादशाहका नामले परिचित झुन्झुनवालाको ६२ वर्षको उमेरमा मुम्बइमा निधन भएको हो ।

आइतबार बिहान स्थानी समय अनुसार पौने ७ बजे मुम्बइको ब्रीच क्यान्डी अस्पताल लगिएकोमा अस्पतालले उहाँलाई मृत घोषणा गरेको हो । लामो समयदेखि मृगौला सम्बन्धि रोगबाट पीडित हनु भएका झुन्झुनवाला केही साता अघि उपचार गरी अस्पतालबाट डिस्चार्ज भएका थियो । चार्टर्ड अकाउन्टेन्ट समेत रहनु भएको झुन्झुनवाल ५ हजार रुपैयाँको लगानीबाट शेयर बजारमा प्रवेश गरेर ४० हजार करोड रुपैयाँको पोर्टफोलियो बनाउनु भएको थियो ।

विश्वका ४ सय ४०औं स्थानका धनाढ्य मध्ये झुन्झुनवाला भारतीय धनाढ्यहरुको सूचीमा ३६ औं नम्बरमा रहनु भएको छ । हंगामा डिजिटल मिडिया र एप्टेकको अध्यक्ष रहनु भएका झुन्झुनवाला भाइसरोय होटल्स, कन्कर्ड बायोटेक, प्रोभोग इन्डिया र जिओजित फाइनान्सियल सर्भिसेसका निर्देशक पनि हुनु हुनु हुन्थ्यिो ।

पछिल्लो समय उहाँले गत महिना आकाश एअर सुरु गर्नु भएबो थियो। उहाँको सम्पतिको नेटवर्थ करिब ६ अर्ब डलर हाराहारी रहेको छ । झुुन्झुनवालाको निधनमा शोक ब्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशले अदम्य साहसिलो उद्यमी गुमाएको बताउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology