Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक


1.8K
Shares

छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक

तनहुँ, २८ साउन । तनहुँको व्यास नगरपालिका–१४ मा अवस्थित छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक लगाइएको छ।

छाब्दी बाराही विकास कोष तनहुँले निर्णय गरी अनिश्चितकालका लागि परेवा प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।

छाब्दी मन्दिरमा उडाउँदै आइएको तराईका परेवाबाट विभिन्न किसिमका रोग लागेर मन्दिर परिसरमा रहेका परेवासमेत मर्न थालेपछि परेवा लैजान रोक लगाएको हो।

परेवा मर्ने र फोहोर मैला पनि बढ्दै गएकाले सरसफाइलाई मध्यनजर गर्दै उक्त निर्णय गरी परेवामा रोक लगाइएको कोषका अध्यक्ष मानबहादुर थापाले जानकारी दिए।

कोषले अर्को सूचना जारी नगर्दासम्म परेवा लैजान रोक लगाइएको अध्यक्ष थापाले बताए।

उक्त मन्दिरमा पुग्न सदरमुकाम दमौलीबाट करिब सात किलोमिटर पूर्वदिशामा पर्दछ। भाकल गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ विभिन्न जिल्लाबाट भक्तजन पूजाअर्चनाका लागि छाब्दी बाराही मन्दिरमा आउने गर्दछन्। रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology