Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

नुहाउने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु


1.9K
Shares

नुहाउने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु

दाङ, २९ साउन । दाङमा नुहाउने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–२ रामपुरका २६ वर्षीय निराजन पोखरेलको मृत्यु भएको हो ।

शनिबार दुई जना साथी सँग उहाँ उपमहानगरपालिका–२ स्थित अर्जुन खोला र मसोट खोलाको दोभानमा नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुरेश काफ्लेले जानाकारी दिनुभयो । दिउँसो नुहाउने क्रममा मान्छे डुबेको सूचना पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेटक्वाटर डिएसपी नवीन बुढाथोकीको नेतृत्वमा १९ जनाको टोली पोखरेलको खोजिमा खटिएको थियो ।

खोज तलास गर्ने क्रममा उहाँको शव खोचमा अड्किएको अवस्थामा फेला परेको एसपी काफ्लेले बताउनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology