स्याङ्जा, २८ साउन । घाँस काट्ने क्रममा भीरबाट लडेर एकको मृत्यु भको छ ।
स्याङ्जाको आँधीखोला गाउँपालिका–२ रंगेठाटीका ६१ वर्षीय देवनारायण सार्की घरबाट २ किलोमिटर टाढा रहेको खरबारीमा शनिबार बिहान घाँस काट्ने क्रममा लडेर मृत्यु भको हो ।
घाँस काट्ने क्रममा अचानक ८० मिटर तल लडेका सार्कीको घटनास्थलमा नै मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।