Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

शहिद लखन गाउँपालिकामा माओबादी केन्द्रले गर्यो एक दिने अभिमुखीकरण


2.3K
Shares

शहिद लखन गाउँपालिकामा माओबादी केन्द्रले गर्यो एक दिने अभिमुखीकरण

गोरखा, २७ साउन : नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) शहीद लखन गाउँपालिकामा पार्टी समितिको आयोजनामा निर्वाचित जनप्रतिनिधिहरुका लागि बिहिबार एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

अभिमुखीकरण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज कृष्ण धिताल (बिजय) ले जनप्रतिनिधीहरुले जनताको भावना बुझेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले माओबादीले जितेका पालिकाहरुलाई नमुना पालिकाको रुपमा बिकास गरेर लैजानु पर्ने बताउनुभयो ।

अभिमुखीकरण कार्यक्रम पार्टीका केन्द्रीय सदस्य तथा गोरखा जिल्लाका सहइन्चार्ज अमर तमु (रमन) ले पार्टीको लिएको नीति तथा कार्यक्रमलाई जनप्रतिनिधिहरुले इमान्दारिता रुपमा कार्यान्वयन गरेर लैजानुपर्ने बताउनुभयो । अभिमुखीकरण कार्यक्रममा पार्टीका गण्डकी प्रदेश सदस्यहरु कृष्णबहादुर चेपाङ, रमेशकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको गाउँपार्टी समितिका सहसचिव तथा प्रचार बिभाग प्रमुख भरत खनालले जानकारी दिनुभयो ।

कार्यक्रम नवनिर्वाचित गाउँपालिका अध्यक्ष तथा पार्टीका गाउँपार्टी समितिका अध्यक्ष रमेशबाबु थापा मगरको अध्यक्षयतामा कार्यक्रम भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology