तनहुँ, २६ साउन । पृथ्वी राजमार्गको तनहुँ सडक खण्डस्थित म्यादे गाउँपालिकाको धयरेमा माइक्रोबस दुर्घटनामा परी १४ जना घाइते भएका छन् ।
दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख ९९९९ नम्बरको माइक्रोबस आफैं अनियन्त्रित भएर सम्धीखोला पुलको रेलिङमा ठोक्किएर १५ फिट तल खसे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताउनु भयो ।
घाइतेहरुको दमौलीस्थित रत्नहरि अस्पतलामा उपचार भइरहेको छ । घाइतेहरु बिमल रानाभाट, भानुप्रसाद भट्टराई, बिन्दु भट्टराई, भावना श्रेष्ठ र चालक जीवन आलेको अवस्था गम्भिर भए पछि पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको डीएसपी खड्काले जानकारी दिनुभयो ।