Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

काठमाण्डौमा कोरोना सङ्क्रमणको आशङ्कामा अस्पतालमा २ जना भर्ना


1.6K
Shares

काठमाण्डौमा कोरोना सङ्क्रमणको आशङ्कामा अस्पतालमा २ जना भर्ना

काठमाण्डौ । कोरोना भाइरस संक्रमणको आशंकामा दुई जनालाई अस्पताल भर्ना गरिएको छ । कोरोना भाइरसको संक्रमणको आशंकामा चीनबाट आएका एक चिनियाँ नागरिक र दक्षिण कोरियाबाट भएका एक जना नेपालीलाई कोरोनाको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको हो ।

अस्पतालका प्रवक्ता अनुप बास्तोलाले उनीहरुलाई ज्वरो र रुघाखोकी लागेकाले उपचारका लागि भर्ना गरिएको जानकारी दिनुभयो । उहाँले रुघाखोकी र ज्वरो आएका अन्यको पनि उपचार थालिएको छ । कोरोना भाइरसको लक्षण मौसमी रुघाखोकी जस्तै भएकाले नआत्तिन तर सावधानी अपनाउन डाक्टरले आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology