Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखामा सोमबार एकैदिन १६ जनामा कोरोना संक्रमण पुष्टि


2K
Shares

गोरखामा सोमबार एकैदिन १६ जनामा कोरोना संक्रमण पुष्टि

गोरखा, २३ साउन। जिल्लाको विभिन्न स्थानमा आज गरिएको एन्टिजेन परिक्षणका क्रममा थप १६ जनामाकोरोना संक्रमण पुष्टि भएको छ । गोरखा अस्पताल, आरुघाट, अजिरकोट र सिरानचोकमा ७६ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा सोमबार १६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

स्वास्थ्य कार्यालय गोरखाका अनुसार गोरखा अस्पतालमा ३ जना महिला र ६ जना पुरुषको परिक्षण गर्दा १ जना महिलामा र आरुघाट गाउँपालिकामा ५ जना महिला र ८ जना पुरुषमा गरिएको परिक्षणका क्रममा १ जना महिला र ७ जना पुरुषमा संक्रमण देखिएको हो ।

त्यस्तै गरी, अजिरकोट गाउँपालिकामा ५ जना महिला र ४ जना पुरुषमा गरिएको परिक्षणमा २ जना महिला र १ जना पुरुषमा संक्रमण देखिएको छ भने सिरानचोक गाउँपालिकामा २३ जना महिला र २२ जना पुरुषमा गरिएको परिक्षणका क्रममा ३ जना महिला र १ जना पुरुषमा संक्रमण देखिएको हो ।

आज ३६ जना महिला र ४० जना पुरुषमा गरिएको परिक्षणमा ७ जना महिला र ९ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिनुभयो ।

साउन यता ३०१ जनामा गरिएकोमा एन्टिजेन परिक्षण ७८ जनामा संक्रमण देखिएको छ । संक्रमित मध्ये आजसम्म २२ जना निको भई सकेको छ ।

सोमबार साँझसम्म जिल्लाको गण्डकी, बारपाक सुलिकोट र चुमनुब्री गाउँपालिका बाहेकका ८ स्थानिय तहमा सक्रिय संक्रमितको संख्या ५६ पुगेको छ ।

पालिकागत संक्रमितको विवरण:

Open photo

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology