Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु


1.2K
Shares

मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु

झापा, २३ साउन । आइतबार झापामा छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिकाको नारायण चोक र बुद्धशान्ति गाउँपालिकाको जयपुर चोक जोड्ने सडकखण्डमा आइतबार साँझ भएको दुर्घटनामा अर्जुनधारा नारायण चोककी ६२ वर्षीया लक्ष्मीमाया कार्कीको मृत्यु भएको हो।

उहाँ छोरा सुमन कार्कीले चलाएको मोटरसाइकल पछाडि बस्नु भएको थियो । कार्कीले सडकमा भएको खाल्डोबाट मोटरसाइकल जोगाउन खोज्दा पछाडि बस्नु भएको आमा लक्ष्मीमाया खस्नुभएको जिल्ला प्रहरीले बताएको छ ।

उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका निम्ति बिर्तामोड ल्याउँदै गर्दा उहाँको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनापछि छोरा सुमन पनि अचेत हुनुभएको छ । उहाँको बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology