Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

करेन्ट लागेर एक महिलाको मृत्यु


1.9K
Shares

करेन्ट लागेर एक महिलाको मृत्यु

पर्वत, २३ साउन । सोमबार बिहान पर्वतको जलजला गाउँपालिका–७ मा एक्कासि अत्यधिक मात्रामा बिजुली वितरण भई विद्युत सर्ट हुँदा एक जना महिलाको मृत्यु भएको छ । धाइरिङको धारापानीमा बिहान करिब ७ बजे एकैपटक उक्त घटना भएकोृ पर्वत प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानाकारी दिनुभयो ।

उहाँका अनुसार करेन्ट लागेर स्थानीय ५० वर्षीया सीता केसीको मृत्यु भएको  छ । विद्युत्‌को मुख्य लाइन र घरघरमा वितरित लाइनका तार एकै पोलमा टाँगिएको र सोही मुख्य लाइनको तार वितरण लाइनमा जोडिँदा ‘हाईभोल्टेज’ लाइन बगेका कारण घटना भएको बुढाथोकीले बताउनु भयो। घटनामा परी एक बाख्रा फर्ममा रहेका दर्जनबढी बाख्रा मरेको घटना प्रहरीले बताएको छ ।

नेपाल विद्युत् प्राधिकरणको पर्वत वितरण केन्द्रले घटनाको पुष्टि गरेको छ । केन्द्र प्रमुख शिवनाराण गोशलीले बाँस ढलेर मेनलाइनको तार वितरण लाइनमा छोइएका कारण यो घटना घटेको प्रारम्भिक जानकारी आएको बताउनु भयो । उहाँले भन्नुभयो अहिले घटनास्थलमा प्राविधिक पठाइसको‘ र प्राधिकरणको कमजोरी भए कार्यविधि अनुसार प्राधिकरणले क्षतिपूर्ति दिने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology